काभ्रेपलाञ्चोक । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत नागरिकहरूको उपचारका लागि बीमा गरेका नागरिकहरूलाई ‘प्रथम सेवा बिन्दु’ परिवर्तन गर्ने निर्णयलाई धुलिखेल नगरपालिकाले अस्वीकार मात्र गरेन, त्यसको कार्यान्वयनमा पनि दोहोरो भूमिका देखिएको छ।
धुलिखेललाई स्वस्थ शहरको नमुना दावी गर्दै आएका मेयर अशोक ब्याञ्जु, धुलिखेल अस्पताललाई नै प्रथम सेवा बिन्दु कायम गर्न लागि परे। नेकपा एमाले र कांग्रेस दुबैबाट निर्वाचित जनप्रतिनिधिहरूको एउटै माग थियो । धुलिखेल अस्पताललाई नै बिन्दु तोकिनु पर्छ। करिब ६ दिनपछि नागरिकको दुःख देख्दा कांग्रेसका जनप्रतिनिधिहरूले प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिबाट बीमा सेवा सुरु गर्न अनुमति माग्दै नगरमा पत्र पठाए।

पत्र सहित

यता, एमालेबाट निर्वाचित मेयर ब्याञ्जुले भने श्रावण ७ गतेको निर्णय कार्यान्वयनमा लैजानुको सट्टा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे। त्यसपछि मात्र श्रावण २६ गतेबाट सेवा सुरु गर्ने निर्णय गरे। यो अवस्था मेयरको ‘ दोहोरो भूमिका ’को रुपमा हेरिएको छ।
२०८२ असार २९ गतेको पत्रको आधारमा असार ३२ गते धुलिखेल – ८ का वडाध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विनोद गौतमको अगुवाइमा सेवा सुरु गर्ने नसकिने प्रस्ताव पारित भएको थियो। तर पछि त्यही समितिका अध्यक्ष गौतमले असार ७ गते सेवा सुरु गर्न अनुमति माग्दै पुनः पत्र लेखे। समितिको पत्र नगरले दर्ता मात्र गरेन, प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखलाई पेश गर्ने गरी तोक आदेश समेत गरेका थिए।
यसअघि भने त्यही वडाध्यक्ष गौतमको प्रस्तावमा नगर प्रमुख ब्याञ्जुले बीमा बोर्ड, जनस्वास्थ्य कार्यालय काभ्रे र स्वास्थ्य मन्त्रालयलाई सेवा सुरु गर्न नसकिने भनेर पत्र लेखेका थिए।
मेयरले स्वास्थ्य मन्त्रिलाई लेखेको पत्र

तर मेयर ब्याञ्जु भने प्राथमिक स्वास्थ्य केन्द्रको निर्णय कार्यान्वयनमा नलैजाने अडानमा अडिग रहे। उनले बीमा बोर्ड र प्रधानमन्त्रीलाई श्रावण १४ गते धुलिखेल अस्पताललाई नै कायम गर्न पत्र लेखे। बालुवाटार पुगेर भेटे।

अर्को तर्फ, व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्न मेयरकै मौखिक निर्देशन रहेको उच्च स्रोत बताउँछ। सोही निर्णय भएको भोलिपल्टदेखि स्वास्थ्य केन्द्रका प्रमुख डा. दीपक ढकाल बिदामा बसे। उनले भौतिक पूर्वाधार, जनशक्ति र नगरको स्वास्थ्य शाखाबाट आधिकारीक निर्णय नभएको कारण देखाउदै सेवा दिन नसक्ने बताएका थिए । उनी बिदामा बस्नुपर्ने बाध्यता पनि नगरले व्यवस्थापन समितिको निर्णय उपर कुनै आदेश नदिनु नै हो। स्वास्थ्य शाखाले समेत त्यो निर्णय कार्यन्वयन गर्न मेयरको आदेश नआएको भन्दै सेवा सुरु नगर्न मौखिक दबाब सिर्जना गर्यो।
त्यस पछि श्रावण १४ गते कांग्रेसबाट निर्वाचित उप प्रमुख सहित सबै प्रतिनिधिले कार्यपालिका बैठक माग गर्दै निवेदन दिएका थिए। व्यवस्थापन समितिको निर्णय कार्यान्वयन नहुँदा वडाध्यक्ष गौतम कांग्रेस नेता सहित स्वास्थ्य मन्त्री भेट्न काठमाडौं पुगे। मन्त्रीले पनि संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए।
मेयरको दोहोरो भूमिका
मेयर असोक ब्यान्जुले आसार ३२ गतेको निर्णय बमोजिम स्वास्थ्य मंत्रीलाई र बोर्डलाई पत्र लेखे , सो पत्रमा पनि धुलिखेल अस्पताल कायम हुनु पर्ने माग गरे। श्रावण ७ गते नै प्राथमिक स्वास्थ्य केन्द्रले गरेको निर्णय कार्यन्वयन नगरी उनि श्रावण १४ गते प्रधानमन्त्रिलाई भेट्न पुगे। भने तत्काल सेवा दिन १ करोड लाग्ने भन्दै नसकिने पत्रमा उल्लेख गरे। मेयर कुनै पनि हालतमा धुलिखेल अस्पताल नै कायम हुनुपर्ने माग गरिरहे। सोहि माग प्राथमिक स्वास्थ्य केन्द्रको निर्णयमा समेत लेखिएको छ। तर मेयर ब्यान्जुले सेवा सुरु गर्न चाहेंनन बरु निर्णय भएको ७ दिन पछि सम्म पनि बालुवाटार धाईरहे। बालुवाटार उच्च श्रोतका अनुसार कुनै पनि हालतमा सेवा दिनु भन्ने प्रधानमन्त्रिको मौखिक निर्देशन पछि मात्र मेयर ब्यान्जुले आगामी २६ गते बाट आफ्ना नागरिकका लागी मात्र रिफर सेवा दिने गरी १९ गते निर्णय गरेका हुन्।

आफै नेतृत्वमा भैरदा उन्निले नगर कमिटिलाई पनि धुलिखेल अस्पताल नै माग गर्न लगाए। यस्तो दोहोरो कार्यबाट यो प्रस्ट छ मेयर ब्यान्जु धुलिखेल अस्पतालकै भर पर्न चाहान्छन। आफ्ना प्राथमिक स्वास्थ्य केन्द्र बलियो बनाउन उनि पटकै चाहादैन्नन। र उनि स्वस्थ शहरको गुनगान मात्र गाउन चाहन्छन। नागरिकले १ महिना सम्म सेवा नपाउदा ब्यान्जुलाई कहिल्यै प्रभाब परेन। यो भन्दा मेयरको दोहोरो भूमिका भएको पुस्टि गर्न अरु केहि चाहिएला र ? श्रोतका अनुसार अझै मेयर ब्यान्जु अस्पतालकै परिसरबाट नै रिफर सेवा सुरु गर्ने मनस्थितिमा रहेको बुझिएको छ। भने सुरु देखि नै स्वस्थ शहर भनिरहने र सरकारी प्राथमिक सेवा केन्द्रलाई बलियो नबनाई धुलिखेल अस्पताललाई नै थप बलियो बनाउन ब्यान्जु निरन्तर लागी रहेका छन्। उनको यहि भूमिकाको नागरिकले चौतर्फी आलोचना संगै सङ्गकाले हेर्न थालिएको छ।
श्रावण २६ बाट धुलिखेलका स्थायी बासिन्दालाई रिफर सेवा
धुलिखेल नगरपालिकाले श्रावण २६ गते देखि बीमाको प्रथम सेवा बिन्दुको रूपमा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु गर्ने निर्णय गरेको छ। नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा धुलिखेल नगरवासी र यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूलाई मात्र रिफर सेवाको सुविधा दिने निर्णय गरेको हो। स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीका अनुसार, आवश्यक जनशक्ति र पूर्वाधार विस्तार गरेपछि सेवा क्रमशः सबै नागरिकका लागि उपलब्ध गराइनेछ।