सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

3385
Shares
५ दिनदेखि भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

बैतडी, १५ जेठ : सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् ।

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्र’हरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् ।

बजारमा आए प्र’हरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँ’सिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।

3385
Shares

ट्रेन्डिङ