सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

शुभ रहोस दशैं

10835
Shares
शुभ रहोस दशैं

शरद ऋतुको आगमनसंगै हिन्दुहरुको महान पर्व दशैंको आगमन भइ सकेको छ । गाँऊ होस् वा शहर, धनी होस् वा गरिब, बृद्ध हुन वा बालक सबै जना दशैंको तयारीमा जुटेका छन । दशैंको तयारीमा गाँऊका घरहरु रंङ्गरोगन गरी सिंगारिन थालिएको छ । बजारमा दशै.को किनमेल सुरु भएको छ । दशैंको किनमेल गर्नेहरुको भिडले बजार तातेको छ । व्यावसायिकहरुलाई दशैंको चापले छोपेको छ ।

दशैंमा घर आउने जानेहरुको संख्यामा बृद्धि हुने गर्दछ । विभिन्न ब्यापार व्यावसाय तथा रोजगारीका क्रममा देशको राजधानी लगायत गाँऊबाट शहरहरु दशैं मनाउनका लागि गाँऊ आउने र दशैं सकिए पछि पुन ः काममा फर्किने क्रम जारी हुँदा ग्रामिण भेगको आवत जावत गर्नेको चाप बढेसंगै यातायतमा समस्या देखिएको छ । सवारी साधनको अभावकै कारण दशैंमा आफन्तको हातबाट टिका र आर्शिवाद धेरै मानिसहरु ३÷४ घण्टाको पैदल यात्रा गर्न बाध्य हुने  तथा  कोही यात्रुहरु बिच बाटोमै अलपत्र पर्ने गरेका धेरै उदाहरणहरु पनि छन । अर्को तर्फ चाडपर्वको बेलामा सवारी साधानहरु खचाखच हुने र यही मौका छोपी पकेटमारबाट यात्रुहरु लुटिने गरेका छन ।

पछिल्लो समय दशैं अलि भड्किलो हुन थालेको छ । दशैंमा अरुको देखासिकी गरी आवश्यकता भन्दा बढी नै खर्च गर्ने प्रवृति पनि बढ्दै गएको छ । दशैंमा साथीभाई, आफन्जनहरु भेटघाटसंगै रमाईलो गर्ने गरिन्छ । चाडपर्वमा मनोरञ्जनसंगै जुवातास खेलवाड हुने गर्दछ । मनोरञ्जनको नाममा लाखौं रुपैयाँको हारजित हुने गरेको छ । जुवातासकै कारण कतिपयको परिवार विचल्ली र घरवार विहिन हुने गरेको धेरै उदाहरणहरु छन । यसरी दशैं सम्यमता नअपनाउँदा परिवारमा खुशी भन्दा पनि दुःख हुने गरेको छ । दशैंलाई सरल र सभ्य रुपमा मनाउँ । दशैंले सबैमा खुशीयाली छाओस ।-काभ्रे सन्देश साप्ताहिकमा प्रकासित

10835
Shares

ट्रेन्डिङ