सबैको समाचार
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • मतदाता शिक्षा प्रभावकारी हुनेमा शंका : प्रमुख निर्वाचन आयुक्त

मतदाता शिक्षा प्रभावकारी हुनेमा शंका : प्रमुख निर्वाचन आयुक्त

4515
Shares
मतदाता शिक्षा प्रभावकारी हुनेमा शंका : प्रमुख निर्वाचन आयुक्त

कार्तिक २३, २०७४- प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतदाता शिक्षा प्रभावकारी हुनेमा शंका व्यक्त गर्नु भएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि अझैसम्म मतदाता शिक्षा सुरु नभएको तथा अत्यन्त न्युन समय रहेकाले मतदाता शिक्षा प्रभावकारी हुन नसक्ने उहाँले बताउनुभयो।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सामाग्री पुगिसके पनि मतदान केन्द्रमा पुर्‍याउन ठुलो चुनौती रहेको उहांको भनाई छ । मतदान पछि मतपेटीका सुरक्षित रुपमा निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउनका लागि पनि ठूलो चुनौती रहेको उहाँको भनाई थियो ।

आयोगद्धारा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धमा मुख्य सचिव तथा सचिवहरुसंगको छलफल कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदाता तथा उम्मेदवारबीच अदृश्य रुपमा लेन देन भइरहेको खबर आचारसंहिता विपरीत भन्दै रोकथाम गर्नु चुनौती रहेको उल्लेख गर्नुभएको छ ।

मंसिर १० गते हुने मतदानको गणना दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संगै गरिने हुंदा मतपेटिका सुरक्षित राख्न ठुलो चुनौती रहेको प्रमुख आयुक्त यादवको भनाई थियो ।

 

-इकान्तिपुर बाट

4515
Shares

ट्रेन्डिङ