सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महिला सशत्तीकरणका लागि लघु नाटक तथा संवाद कार्यक्रम सम्पन्न (फोटो फिचर)

महिला सशत्तीकरणका लागि लघु नाटक तथा संवाद कार्यक्रम सम्पन्न (फोटो फिचर)

6455
Shares
महिला सशत्तीकरणका लागि लघु नाटक तथा संवाद कार्यक्रम सम्पन्न  (फोटो फिचर)

काभ्रे, २५ पुस : महिला सशक्तिकरणका लागि काभ्रेको सदरमुकाम धुलिखेलमा मंगलवार लघु नाटक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । सूचनामा समान पँहुच(इक्वेल एक्सेस नेपाल) नामक संस्थाको आयोजनामा महिला र पुरुष समान हुन र त्यही अनुसारको अधिकारमा समान्ता हुनुपर्छ भन्ने उद्देश्याका साथ विद्यालयस्तरीय लघु नाटक तथा संवाक कार्यक्रम सम्पन्न भएको हो ।

छोरा र छोरीमा समान्ता ल्याउनका लागि विद्यालयस्तरदेखि नै समान व्यवहार सिक्न र सिकाउन दुबै पक्षलाई उत्तिकै रुपमा अग्रसर बनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सबिन सिंहले बताए । काभ्रेबाट सुरु भएको यो समान्ताको संवाद तथा नाटक ६ जिल्लामा सञ्चालन गरिने बताए । उनका अनुसार अब नबलपरासी, सुनसरी, बाँके, कैलाली, मकवानपुर जिल्लामा सञ्चालन गरिने छ । सांसद लक्ष्मण लाम्सालले जनचेतनामूलक नाटक र संवाद कार्यक्रम स्थानीयस्तर बाट नै गर्नुपर्ने बताए ।

जबस्थानीय स्तरमा यस्ता खालका नाटक तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ तब मात्र समान्ता आउने छन उनले भने‘किताबी ज्ञानले मात्रै हुदैन व्यवहारिक तथा प्राविधिक शिक्षाको आवश्यकता छ यो सबै अभिभावकले सुरु गर्नपर्छ ।’ धुलिखेल नगरपालिकाकी बिमला शर्माले यस्ता खालका कार्यक्रमहरु स्थानीयले सरकारले नै कानुन बनाई कार्यन्वयनमा लगे मात्र समान्ता सम्भव रहेको बताइन् ।

उनले भनिन्,–‘स्थानीय सरकारले यस्ता कार्यक्रम सञ्चालन गरे मात्र समान्तामूलक समाज निर्माण हुन सक्छ ।’ कार्यक्रममा स्थानीय जनप्रतिनिधी, साँसद, सरोकारवाला निकायका प्रतिनिधी , पत्रकार, विद्यार्थीहरु लगायतले महिला सशक्तिकरणमा जोड दिन आग्रह गरेका थिए ।

6455
Shares

ट्रेन्डिङ