सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

13780
Shares
हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

काठमाडौं, पुस २९ : ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन्। हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन्।

कहिलेकाहीं त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ। परिसरका प्रहरी प्रबक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएको उजूरी दिनेको संख्या बढेको बताए।

२५ सय देखि लाखरुपैंयाँसम्मका मोबाइल
प्रहरीका अनुसार २५ सय देखि एकलाख रुपैंयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ। प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेस गर्दा सिग्नल देखि मात्र मोबाइल पत्ता लाउने गरेको छ। नत्र प्रहरीको केही लाग्दैन। यसका लाग् टेक्नोलोजीमा विशेष दख्खल भएको ब्यक्ति चाहिन्छ।

प्रबक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ। यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो। ट्रेस गर्दा सिग्नल देखियो भने फोन भेटिन्छ। नत्र भेटाउन सकिदैन। यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ।’ यद्यपी हराएका फोनमध्ये १० प्रतिशत मात्र भेटिने गरेको छ।

13780
Shares

ट्रेन्डिङ