सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • पाकिस्तानका बम विस्फोट बीसको मृत्यु

पाकिस्तानका बम विस्फोट बीसको मृत्यु

3965
Shares
पाकिस्तानका बम विस्फोट बीसको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ ।
पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस आक्रमणमा बीस व्यक्ति मारिएका र यस घटनामा घाइते भएकाहरुलाई सैनिक र नागरिक अस्पतालमा लगिएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रांन्तका गभर्नर इक्बाल जफार झाग्राले पाकिस्तानी निजी टेलिभिजन च्यानल जिओलाई दिएको एक अन्तर्वार्तामा यस विस्फोटको पुष्टि गर्नुभएको छ ।
झाग्राका अनुसार यस आक्रमणमा घाइते भएका ४० व्यक्तिहरुमा १२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।
सरकारका वरिष्ठ अधिकारी इक्रामुल्लाह खानले एएफपी समाचार समितिलाई तरकारीको बाकसमा विस्फोटक पदार्थ लुकाएर ल्याएको जानकारी द्निु भएको छ । रासस/एएफपी

3965
Shares

ट्रेन्डिङ