सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता

खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता

6745
Shares
खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता

सोलुखुम्बु : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–२ बासाका ४ जना बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु हराइरहेका छन्।

स्थानीय कृष्ण बहादुर राईका छोराहरु १२ वर्षीय तुषण, ८ वर्षीय सुदीप हराएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए। प्रहरीका अनुसार सोही गाउँका आङछिरिङ राईका ७ वर्षीया छोरा फ्रान्सिस र साढे २ वर्षीया छोरी सिजल बेपत्ता छन्।

साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएका बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार साँझदेखि नै स्थानीयवासीले खोजिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन। उनीहरुलाई देख्ने जोकोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेका छन्।

6745
Shares

ट्रेन्डिङ