सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • इक्वेडरलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने दाउमा जापान

इक्वेडरलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने दाउमा जापान

4260
Shares
इक्वेडरलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने दाउमा जापान

कोपा अमेरिकाअन्तर्गत समूह चरणका अन्तिम दुई खेल मंगलबार बिहान हुँदैछ । दुवै खेल नेपाली समयअनुसार बिहान पौने ५ बजे हुने छ । जसमा चिली र उरुग्वे भिड्दा त्यही समयमा एसियाली देश जापान र इक्वेडर आमने सामने हुने छन् । दोस्रो पटक दक्षिण अमेरिकी महादेशको प्रतियोगिता कोपा अमेरिका खेलिरहेको जापानलाई दोस्रो चरणमा पुग्ने मौका पनि कायमै छ ।

उरुग्वे र चिलीबीच समूह विजेता बन्ने होडबाजी रहेका बेला जापानलाई उत्कृष्ट तेस्रो बन्ने वसर छ । दुई खेलबाट जापानले अहिलेसम्म १ अंक जोडेको छ भने इक्वेडर अंकविहीन रहेको छ । जापानले इक्वेडरलाई पराजित गरेमा तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै क्वार्टरफाइनल पुग्ने छ । समूह एमा चार अंक जोडेर तेस्रो भएको पेरुले क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ । समूह बीमा तेस्रो स्थानमा रहेको पाराग्वेको २ अंक रहेको छ ।

यस कारण जापान विजयी भए स्वतः क्वार्टरफाइनल पुग्ने छ । पराजित भए प्रतियोगिबाट बाहिरिने छ भने इक्वेडरसँग बराबरी खेले पनि जापानको समूह चरण पार गर्ने सम्भावना रहने छ । तर त्यसका लागि पाराग्वेलाई गोल अन्तरमा पछि पार्नु पर्ने छ । अहिलेसम्म समूह ए बाट घरेलु टोली ब्राजिलका साथै भेनेजुएला र पेरु, समूह बी बाट कोलम्बिया र अर्जेन्टिना, समूह सी बाट चिली र उरुग्वे क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

4260
Shares

ट्रेन्डिङ