सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ६ लाख २४ हजारभन्दा धेरै निकाे भए, २४ लाखभन्दा धेरै सङ्क्रमित

६ लाख २४ हजारभन्दा धेरै निकाे भए, २४ लाखभन्दा धेरै सङ्क्रमित

3755
Shares
६ लाख २४ हजारभन्दा धेरै निकाे भए, २४ लाखभन्दा धेरै सङ्क्रमित

काठमाण्डाै / विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हाे । सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ ।

उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेकाे र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणका कारण एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ४० हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने सात लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजार ६ सयभन्दा धेरै, स्पेनमा २० हजार चार सयभन्दा धेरै, फ्रान्समा १९ हजार सात सयभन्दा धेरै र बेलायतमा १६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १६ हजार एक सय १६ जनामा कोरोना पुष्टि भएकाेमा पाँच सय १९ जनाको ज्यान गएको छ ।

3755
Shares

ट्रेन्डिङ