सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

4215
Shares
दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

जेठ, ५, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् ।

अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेका छन् । यो घोषणासँगै उपाधिका लागि मतदान खुल्ला गरिएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यस राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन अन्तिम प्रतिष्पर्धाको टप ५ मा प्रवेश गरेका छन् ।

उपाधिकै दावेदार मानिएका २२ वर्षीय दिवेश काठमाडौंको रविभवनमा जन्मेर उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

-इमेजखबर

4215
Shares

ट्रेन्डिङ