सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शीर मेमोरियल अस्पतालमा काम छोड्न कर्मचारीलाई अस्पताल प्रशासनको धम्की

शीर मेमोरियल अस्पतालमा काम छोड्न कर्मचारीलाई अस्पताल प्रशासनको धम्की

9965
Shares
शीर मेमोरियल अस्पतालमा काम छोड्न कर्मचारीलाई अस्पताल प्रशासनको धम्की

काभ्रे : बनेपाको शीर मेमोरियल अस्पतालका कर्मचारीहरुले आफुहरुको श्रम शोषण भएको भन्दै सरोकारवाला निकायका ध्यानाकर्षण गराएका छन् । अस्पतालमा गठन गरिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले पारिश्रमिक नदिएर आफुहरुको श्रम शोषण गरेको बताएको छ । कर्मचारी युनियनले कोभिड १९ को महामारीका बेला काम लगाएर अस्पताल प्रशासनले तलब भने आधा महिनाको मात्रै दिएको उल्लेख गरेको छ ।

कर्मचारीहरुले बैशाख महिनाको आधा मात्रै तलब पाएको बताएका छन् । अस्पतालका कार्यकारी प्रमुख डाक्टर डेलएम मालेले अस्पतालमा कार्यरत विरिष्ठ चिकित्सक देखि स्वास्थ्यकर्मीलाई धम्की दिदैँ काम गर्न नआउन भनेको कर्मचारीहरुले बताएका छन् । कार्यप्रमूख मोलेले मनोमानी ढंगले कर्मचारीलाई निष्काशन समेत गरेको कर्मचारी युनियनका अध्यक्ष राज कुमार श्रेष्ठ बताउनुभयो ।

कर्मचारी युनियनले अस्पतालमा ब्यापक आर्थिक अपारदर्शी भएको समेत दाबी गरेको छ । स्थापना भएको ६० वर्ष बितिसक्दा पनि अस्पताल प्रशासनले वैदेशिक सहयोगबाट प्राप्त रकम कुनै हरहिसाब नराखेको युनियनले जनाएको छ । कर्मचारी युनियन स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति लगायतलाई पत्र लेखेर काम गरेको महिनाको पुरा तलब दिने वातावरण मिलाइदिन आग्रह गरेको छ ।

9965
Shares

ट्रेन्डिङ