सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • वेवारिसे अवस्थामा मृ’त भेटिएका युवकमा कोरोना पुष्टि

वेवारिसे अवस्थामा मृ’त भेटिएका युवकमा कोरोना पुष्टि

6975
Shares
वेवारिसे अवस्थामा मृ’त भेटिएका युवकमा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ : वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृ’त भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृ’तक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा. सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए।
गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। उनले युवकको बाँकी ठेगाना भने खुल्न बाँकी रहेको जनाइन्।

युवकको मृ’त्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ। मन्त्रालयले भने यसबारे औंपचारिक जानकारी गराउन बाँकी छ। योसँगै नेपालमा कोरोनाबाट मृ’ त्यु हुनेको संख्या १७ पुगेको छ।

6975
Shares

ट्रेन्डिङ