सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विपतमा सामुदायिक सहकारीले सहुलियतमा ऋण दिने

विपतमा सामुदायिक सहकारीले सहुलियतमा ऋण दिने

10615
Shares
विपतमा सामुदायिक सहकारीले सहुलियतमा ऋण दिने

काभ्रे : पनौती नगरपालिका ४ मा मुख्य कार्यालय रही जिल्लाभित्रका ७ वटा स्थानीय तह भित्र ११ वटा सेवाकेन्द्रहरु मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको जिल्लाकै अग्रणी सहकारी संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईसर(कोभिड १९) का कारण उद्योग, ब्यापार, ब्यवसाय तथा आयश्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा क्षति पुगेका ऋणी शेयर सदस्यहरुलाई लक्षित गरी रु. पाँच लाखसम्म १० प्रतिशत वार्षिक ब्याजदरमा सहुलियत ऋण दिने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत बताउनुहुन्छ “महामारीको समयमा ऋणी शेयर सदस्यहरुसँग लिने हैन उहाँहरुलाई ब्यवसाय निरन्तरताको लागि थप चालु पुँजिको आवश्यकता पर्ने देखिएको कारणले गर्दा यो योजना अघि सारेका हौं, हामीले यो शीर्षकमा रु. १५ करोड लगानी हुने अनुमान गरेका छौं” ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हरेक विपत्तीमा शेयर सदस्यकै पक्षमा निर्णय गर्दै अघि बढेको बताउनु हुन्छ संस्थाका अध्यक्ष प्रकाश बन्जारा, संस्थाले २०७२ सालमा आएको भुकम्पबाट प्रभावित शेयर सदस्यहरुलाई अस्थाई टहरा निर्माण गर्न रु. पन्ध्र हजारसम्म ६ प्रतिशत ब्याजदरमा लगानी गरेको कुरा सम्झाउँदै संस्थाले रु. १० लाखसम्म १० प्रतिशत ब्याजदरमा ५ वर्षे किस्ताबन्दीमा जम्मा १४ करोडको हाराहारीमा लगानी गरेको जानकारी गराउनु भयो ।


संस्थाले कोरोना भाईसर (कोभिड १९) को संक्रमण सुरक्षा सर्तकता अपनाउदै शेयर सदस्यहरुलाई सम्पूर्ण कार्यालयहरुबाट वित्तीय सेवाहरु नियमित उपलब्ध गराउँदै आएको छ । शेयर सदस्यहरुको कोरोना भाईरसका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि कोरोना विमाको लागि सहजीकरण समेत गरेकोछ ।  आधुनिक प्रविधिमा समेत पहुँच पुर्याउन सफल यस संस्थाले महामारीको समयमा भौतिक दूरी कायम राख्दै शेयर सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउन मोवाईल बैंकिङ तथा ए.टी.एम. को सुविधा निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

संस्थाले विपत्मा परेका शेयर सदस्यहरुलाई सहयोग गर्ने उदेश्यले विपत् ब्यवस्थापन कोष निर्माण गरेको, शेयर सदस्यहरुको मृत्यू हुँदा समवेदना राहत बापत रु. २५ हजारसम्म दिदैं आएको र शेयर सदस्यको परिवारको मृत्यूहुँदा रु. १० हजारसम्म राहत उपलब्ध गराउँदै आएको छ ।

संस्थाले समुदाय केन्द्रित तथा सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आईरहेको छ । यस अघि पाँचखाल नगरपालिकासँगको सहकार्यमा सुनकोशी पाँचखाल खानेपानी आयोजनामा सहकार्य गरी जनताको मन जित्न सफल भएको थियो भने कोरोना भाईसर (कोभिड १९) राहत कोषमा नेपाल सरकारको कोषमा रु. ६१ हजार, स्थानीय तहहरुको कोषमा २ लाख ३० हजार सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गरेको थियो ।

शेयर सदस्यहरुलाई यस्तै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको कारण संस्था राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा पुरस्कृत हुँदै आएको छ । यसै वर्ष पनि बागमती प्रदेशको वार्षिक स्थापना दिवसको अवसरमा प्रदेशकै उत्कृष्ठ संस्थाको रुपमा पुरस्कृत भएको थियो ।

10615
Shares

ट्रेन्डिङ