सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुद्धचित्तसहित एक जना प’क्राउ

बुद्धचित्तसहित एक जना प’क्राउ

3720
Shares
बुद्धचित्तसहित एक जना  प’क्राउ

काठमाडौँ, १४ असार :अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो । सानो माला ४१६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

3720
Shares

ट्रेन्डिङ