सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नागरिकता बिधेयकको बिरोधमा नागरिक अभियान र जनमत पार्टी पर्साले बिरोध प्रदर्सन

नागरिकता बिधेयकको बिरोधमा नागरिक अभियान र जनमत पार्टी पर्साले बिरोध प्रदर्सन

6405
Shares
नागरिकता बिधेयकको बिरोधमा नागरिक अभियान र जनमत पार्टी पर्साले बिरोध प्रदर्सन

सुनिल श्रेष्ठ
बिरगंज , असार १७ गते बुधबार । नागरिकता विधेयकको विरोधमा नागरिक अभियानले बुधबार वीरगञ्जमा प्रदर्शन गरेको छ । बीरगंजको मुख्य शहर परिक्रमा गरि घण्टाघरमा सभा सम्पन्न गरेको थियो । विरोध कार्यक्रममा सहभागी स्थानीय नेताहरुले नागरिकता विधेयक फिर्ता नगरिए आन्दोलनबाट उत्पन्न अप्रत्यासित अवस्थाको सम्पूर्ण जिम्मेवारी सरकारले नै व्यहोर्नु पर्ने चेतावनी दिएका थिए । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक जारी गरी सदियो देखीको भारत र नेपाल बिचको सम्बन्ध बिगार्न खोजेको सहभागिहरुको आरोप रहेको थियो ।

सभामा नागरिक सभाजको तर्फबाट डा. दीपक शाक्य, बिन्दवासिनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता र जनता समाजवादी पार्टीका नेता शशीकपुर मियाले मन्तब्य ब्यक्त गनुृ भएको थियो । वक्ताहरुले सरकारले विधेयक फिर्ता नलिए आन्दोलन झनै कडा पार्ने चेतावनी दिएका छन् । प्रर्दशनमा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी उपमेयर शान्ति कार्की, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पर्साका नेताहरु र स्थानीयकाे सहभागिता रहेको थियो । त्यसैगरी नागरिकता बिधेयकको बिरोधमा जनमत पार्टी पर्साले पनि बुधबार बिरगंजमा प्रदर्सन गरेको थियो । बिरगंजको घन्टाघरबाट निस्केको सिटि जुलुस माईस्थान आदर्शनगर हुदै पुनः घन्टाघरमा पुगि कोण सभामा परिणत भएको थियो ।

जनमत पार्टी पर्साले मधेसी बिरोधि बिभेदकारी नागरिकता एेन संशोधन विधेयकको विरुद्ध प्रदर्सन गरेको पर्सा जिल्लाका महिला नेतृ अनिता रौनियारले सबैको समाचार लाई जानकारी गराउनु भएको थियो । सिटि जुलुसमा मधेसी बिरोधि नागरिकता बिधेयक खारिज गर , महिला अधिकार सुनिश्चित गर, मधेसी एकता जिन्दावाद , रङ्गभेद अन्तगर , जनमत पार्टी जिन्दावाद , नागरिकता संशोधन एेन मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड सहित प्रदर्सनमा उत्रिएका थिए । सो कार्यक्रममा अनिता रौनियार , सवो खातुन , गिरिजा देबि, नजमा खातुन आयसा खातुन , आरती देबि , पुन वर्मा , चन्दन चौहान ,राजेश यादव , दिपेन्द्र साह , शिवजी चौहान लगायतकाको सहभागीता रहेको थियो ।

6405
Shares

ट्रेन्डिङ