सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेलका संस्थागत विद्यालयहरुले ५० प्रतिशत छुटमा अध्ययन गराउनुपर्ने

धुलिखेलका संस्थागत विद्यालयहरुले ५० प्रतिशत छुटमा अध्ययन गराउनुपर्ने

5130
Shares
धुलिखेलका संस्थागत विद्यालयहरुले ५० प्रतिशत छुटमा अध्ययन गराउनुपर्ने

धुलिखेल : धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्ययन गराउनुपर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण आम नागरिकलाई आर्थिक समस्या भएको भन्दैँ नगरपालिकाले संस्थागत विद्यालयले अनलाईन, भर्चुअल वा अन्य विधि र प्रत्यक्ष रुपमा सिकाइ सहजिकरण गर्दाको अघिल्लो शैक्षिक सत्रमा लिइएको गाडी भाडा बाहेक ५० प्रतिशत छुट गर्नुपर्ने निर्णय नगरपालिकाको आज बसेको बैठकले गरेको छ ।

योसँगै नगरपालिका क्षेत्र भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना गराउने काम सक्काउन अनुरोध गरेको छ । भर्ना भएका विद्यार्थीहरुलाई विभिन्न बिधिबाट सिकाई सहजीकरण र मुल्याङ्कन समेत गर्नुपर्ने भएकाले संस्थागत विद्यालयहरुलाई भर्ना गराउने काम सक्काउन अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाले अन्य विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीसँग स्थानान्तरण बिना भर्ना गराइएमा भर्ना गर्ने जिम्वेवार व्यक्तिमाथि नियमअनुसार कारबाही गरिने बताईएको छ ।

5130
Shares

ट्रेन्डिङ