सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

8515
Shares
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा एक सातालाई थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थपेका हुन्।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउन थपिएकोबारेमा एक घण्टापछि विस्तृत विवरण आउने जानकारी दिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यसबारेमा औपचारिक सूचना एक घण्टापछि जारी गरिने जानकारी दिएका छन्। काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढेपछि निषेधाज्ञा गरिएको थियो।

मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्‍न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहमा पठाइएको थियो। दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको थियो। थप गरिएको निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधन संचालन गर्न दिने छलफल भएको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गरिएको स्रोतले जनाएको छ।

8515
Shares

ट्रेन्डिङ