सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एक हप्ता पछि चौंरीदेउराली गाउँपालिकामा व्यवसायीक मदिरा प्रतिबन्ध, यस्तो बन्यो कार्यविधि

एक हप्ता पछि चौंरीदेउराली गाउँपालिकामा व्यवसायीक मदिरा प्रतिबन्ध, यस्तो बन्यो कार्यविधि

9855
Shares
एक हप्ता पछि चौंरीदेउराली गाउँपालिकामा व्यवसायीक मदिरा प्रतिबन्ध, यस्तो बन्यो कार्यविधि

काभ्रे, १६ असोज । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका भित्र व्यवसायिक म’दिरा प्रतिबन्ध कार्यन्वयन गर्ने निर्णय भएको छ । आज (शुक्रबार) बसेको म’दिरा प्रतिबन्ध मूल समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दिननाथ गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाको कार्यालयमा बसेको बैठकले मदिरा प्रतिबन्धका लागि एक हप्तासम्म जनचेतना मूलक तथा जानकारी सहितको प्रचार प्रसारमा लाग्ने गाउँपालिका अध्यक्ष तथा मदिर प्रतिबन्ध मूल समितिका संयोजक गौतमले जानकारी दिए । सोही अनुसार गाउँपालिका भित्र भोलि (शनिबार)बाटै प्रचार प्रसारका काम थालनी गर्ने निर्णय बैठकले गरेको गौतमले बताए ।

आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममा व्यवसायिक म’दिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । सोही क्रममा कार्यपालिका ‘म’दिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि– २०७७’ लाई २०७७ साल भदौ ५ गत स्वीकृत गरको थियो ।

मदिरा विक्री वितरण र ढुवानीमा कार्वाही प्रकृति
गाउँपालकाले बनाएको कार्यविधि विपरीत गाउँपालिका भित्र म’दिरा विक्री वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कार्वाही गर्ने कार्यविधिमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष गौतमका अनुसार मदिरा बे’चवि’खन तथा ओसार पसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर हिसाब गरी जरिवाना गर्नेछ । प्रमाणित भएमा चरणबद्ध रुपमा जरिवाना गर्ने उनले जानकारी दिए ।

उनका अनुसार पहिलो पटक रु.५ हजार, दोश्रो पटक रु. १० हजार, तेश्रो पटक रु. २० हजार जरिवानो गरिनेछ । सोभन्दा बढी पटक गरेको पाइएमा तेश्रो पटक गरिएको जरिवाना भन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ । माथि उल्लेखित कारवाही पश्चात पनि अटेर गरेमा सावर्जनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउन सिफारिस गरिने छ ।

म’दिरा सेवन गरी सार्वजनिक स्थलमा झै झ’गडा गरे कार्वाही
यसैगरि कोही कसैले कहीँकतै वा आफ्नै घरमा समेत विभिन्न चाड पर्व, धर्म, रीतिरिवाज, संस्कार संस्कृति र परम्पराका नाममा कुनै पनि प्रकारको मदिरा सेवन गरी सार्वजनिक स्थल होहल्ला वा झगडा गरे नियन्त्रणमा लिई कार्वाही गरिनेछ ।

‘मदिरा सेवा नगरी सार्वजनिक स्थल, बाटोघाटो, चौतारा, पार्क, उद्यान आदि स्थानहरू, मेला पर्व, जात्रा आदि विभिन्न सरकारी एवं गैर सरकारी कार्यालय र विद्यालय हाता र विभिन्न संघ संस्था वा कार्यालयहरूले गर्ने सभा सम्मेलन, गोष्ठी, उत्सव आदि र मानिसहरू भेला भई गरिने कुनैपनि कार्य गर्न लागेको स्थलमा गएर हो–हल्ला, झैझगडा गर्ने,गाली गलौज गर्ने जो कसैलाई पनि सम्बन्धित निकायले नियन्त्रणमा लिई तोकिए बमोजिमको कारबाही गर्न सक्नेछ ।’ कार्यविधिमा उल्लेख छ ।

खान दिने र खाने दुवैलाई कार्वाही
कार्यविधिमा खाना दिनेलाई समेत कार्वाही गर्ने उल्लेख गरेको छ । मदिरा सेवान गरि हो–हल्ला, झैझगडा गर्ने,गाली गलौज गर्ने जो कसैलाई पनि सम्बन्धित निकायले नियन्त्रणमा लिई खान दिने पसले, व्यक्ति वा व्यवसायी समेतलाई दोषी करार गरी यस कार्यविधिमा उल्लेखित दण्ड जरिवाना वा मुद्दाको भागिदार बनाइने छ ।

मदिरा सेवन गरी झैझगडा गरेमा पनि चरणबद्ध ज’रिवाना
मदिरा सेवन गरी जहीँतहीँ हो–हल्ला, अशान्ति, झै–झगडा गरेको पाइएमा बढीमा १० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ । कार्यविधिमा उल्लेख गरे अनुसार पहिलो पटकलाई १५ सय रुपैयाँ, दोश्रो पटकलाई ३ हजार रुपैयाँ, तेश्रो पटकलाई ४५ सय रुपौया र सोभन्दा बढी पटक भएमा १० हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।

9855
Shares

ट्रेन्डिङ