सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • निर्वाचन आयोगमा भण्डारी र तुलाधर सिफारिस

निर्वाचन आयोगमा भण्डारी र तुलाधर सिफारिस

5640
Shares
निर्वाचन आयोगमा भण्डारी र तुलाधर सिफारिस

काठमाडौँ: संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेको हो ।

स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ । निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ ।

5640
Shares

ट्रेन्डिङ