सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेको पनौतीमा भैंसीको पाडी बितरण गर्न सुरु

काभ्रेको पनौतीमा भैंसीको पाडी बितरण गर्न सुरु

यो वर्ष पाँच सय भन्दा बढी पाडी बितरण गरिने

10205
Shares
काभ्रेको पनौतीमा भैंसीको पाडी बितरण गर्न सुरु

काभ्रे : बिगतका वर्षहरुमा जस्तै काभ्रेको पनौती नगरपालिकाले यो वर्ष पनि भैंसी संरक्षण तथा संवद्र्धन अभियान लाई निरन्तरता दिने भएको छ । नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखा अन्र्तगत पशु बिकास तर्फको वार्षीक स्विकृत कार्यक्रम अनुसार भौसीको पाडी बितरण सुरु गरिएको शाखाका प्रमुख मणी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एक कार्यक्रमको आयोजान गरी वडा नम्बर १२ भुमिडाँडाका किसाहरुलाई पाडि वितरण गर्दै आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम शुभारम्भ गरिएको छ । कार्यक्रममा २८ ओटा पाडी किसानलाई बितरण गरिएको थियो । भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमका लागी नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच सय भन्दा बाढी पाडी वितरण गर्ने बताईएको छ । नगरपालिकाको बजेटबाट ३ सय ६ वटा र संघ तथा प्रदेश सरकारको सहयोगमा दुई सय ओटा पाडी वितरण गरिने नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखाले जनाएको छ ।

उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गर्न र दुध उत्पादनमा निरन्तरता दिन यो कार्यक्रम नगरपालिकाले बिगतका वर्षहरु बाटै सुरु गरेको हो । गत वर्ष ३ सय वटा पाडी वितरण गरेको थियो । नगरपालिकाले किसानलाई पाडी बितरण संगै भैसी सुत्केरी भत्ता समेत उपलबध गराउदै आएको छ । पहिलो बेत ब्याएकोलाई ५ हजार र त्यो भन्दा पछी २ हजार तथा पाडापाडीको जन्मदर्ता कार्यक्रम समेत गरिदै आएको छ ।

यस्तै गोठ सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागी घाँसका विउ वितरण र प्रविधि हस्तान्तरण, पशु खोप तथा उपचार सेवा कार्यक्रम तथा आवशयकता अनुसार अन्य भेटरेनरी सेवाहरू पनी प्रदान गर्दै आएको शाखाका प्रमुख सापकोटाले बताउनुभयो । भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न र रोजगारी सिर्जना सहित पनौतीलाई दुधालु भैंसीको स्रोत केन्द्रका रुपमा विकास गर्ने काममा सफल हुँदै उहाँको भनाई छ ।

10205
Shares

ट्रेन्डिङ