सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा अर्याल

प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा अर्याल

8775
Shares
प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा अर्याल

काभ्रे : प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा उज्जवल अर्याल चयन हुनुभएको छ । अर्यालको अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको पीन काभ्रेका पूर्व अध्यक्ष इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो ।

जिल्ला कमिटीको उपाध्यक्षमा राजन न्यौपाने, सचिवमा मदन खकुरेल, कोषाध्यक्षमा विनिता श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सचिवालय सदस्यमा इशु राज मैनाली, प्रकाशराज पन्त र प्रदिप बस्नेत चयन हुनुभएको छ ।

पीन जिल्ला कमिटीको सदस्यमा सम्पूर्ण केसी, प्रज्वल थापा, रुपक बराल, सितु सैजु, गोकुल न्यौपाने, स्मिता योगल श्रेष्ठ, सरोज न्यौपाने, समिर मानन्धर, अग्रज खकुरेल, कृष्ण पाण्डे, साजन दनुवार, दिपेन्द्र दनुवार, प्रतिक सेढाई र सुबोध अधिकारी छन् । पीनको बागमति प्रदेश सचिवालयमा काभ्रेबाट ईन्जिनियर अच्यूत अधिकारी मनोनित हुनुभएको छ ।

8775
Shares

ट्रेन्डिङ