सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध, यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई सुझाव

अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध, यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई सुझाव

10340
Shares
अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध, यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई सुझाव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो । विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो ।

यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ ।

चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ ।

अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन् । भारत छाड्न चाहने अमेरिकनहरुलाई ब्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।

गत साता अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गर्दै नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको थियो ।

10340
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका