सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु, १५ घाइते

त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु, १५ घाइते

3670
Shares
त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु,  १५ घाइते

काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। १५ जना बढी घाइतेको उद्दार गरिएको छ।

घटानास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको छ। म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

3670
Shares

ट्रेन्डिङ