सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काँग्रेस नेता गणेश लामाद्वारा रोशीमा अक्सिजन सहितको सिलिण्डर प्रदान

काँग्रेस नेता गणेश लामाद्वारा रोशीमा अक्सिजन सहितको सिलिण्डर प्रदान

17165
Shares
काँग्रेस नेता गणेश लामाद्वारा रोशीमा अक्सिजन सहितको सिलिण्डर प्रदान

नेपाली काँग्रेसका नेता गणेश लामाले अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको छ । नेता लामाले रोशी गाउँपालिकाको खहरेपाँगु स्थित अस्थायी कोभिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहालका अनुसार नेता लामाले खहरेपाँगुको अस्थायी कोभिड अस्पताललाई ३ थान अक्सिजन सिडिन्डर आज प्रदान गर्नुभएको हो । यो अक्सिजन एम्बुलेन्समा राखेर विरामीलाई थप उपचारका लागि अन्य ठाउँमा लैजान र भकुण्डे स्थित पालिकाको आईसोलेसन सेन्टरसम्म ल्याउन मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

रोशी गाउँपालिकाले नमोबुद्ध नगरपालिकासँग मिलेर भकुण्डेमा आईसोलेसन सञ्चालनमा ल्याएको छ । यो आईसोलेसनमा सानो ठूलो गरी ४० वटा अक्सिजन छन् । तर खहरेपाँगु अस्थायी कोभिड अस्पतालमा भने अक्सिजन पर्याप्त थिएन् ।

नेता लामाले आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने बताउनुभएको छ । ‘यो संकटको बेला जसले जति सकिन्छ, त्यत्ति सहयोग गर्नुपर्छ, नेता लामाले भन्नुभयो ‘परिस्थिति हेरेर अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने छु ।’

17165
Shares

ट्रेन्डिङ