सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल पत्रकार महासंघ काभ्रेलाई काभ्रे सेवा समाज कतारले गर्यो चालिस हजार सहयोग

नेपाल पत्रकार महासंघ काभ्रेलाई काभ्रे सेवा समाज कतारले गर्यो चालिस हजार सहयोग

14760
Shares
नेपाल पत्रकार महासंघ काभ्रेलाई काभ्रे सेवा समाज कतारले गर्यो चालिस हजार सहयोग

काभ्रे : काभ्रेपलान्चोक सेवा समाज कतारले नेपाल पत्रकार महासंघ काभ्रेको आपतकालिन राहत कोषमा ४०,००० रुपैयाँ सहयोग गरेको छ । हालै पत्रकार महासघ काभ्रेले जिल्लामा क्रियाशिल पत्रकारहरुको कोभिड उपचार, राहत तथा अन्य आपतकालिन सहयोगका लागी कोष संचालन गरेको थियो ।

काभ्रे सेवा समाज कतारका सदस्यहरु एवम कतारमा रहेका प्रवासी काभ्रेली बाट रकम सङ्कलन गरि महासंघको कोषमा सहयोग गरिएको समाजका कार्यबाहक अध्यक्ष सागर अधिकारीले जानकारी दिनुभयो । कोषमा सागर अधिकारी, आशिष तिवारी, राम बुढाथोकी, गुणराज रायमाझी, महेन्द्र तामाङ्ग लगायत १९ जना प्रवासीबाट संकलित रकम र संस्थागत समेत गरी जुटाइएको सहयोग महासंघमा पठाइएको हो ।

पत्रकार महासघ काभ्रे शाखालाई सहयोग गरेकोप्रति महासंघले धन्यवाद व्यक्त गरेको छ । आगामी दिनमा पनि सेवा समाजबाट सहकार्यको अपेक्षा गरिएको महासङ्ह अध्यक्ष बद्रिराज तिमल्सिनाले बताउनुभयो । काभ्रे सेवा समाज कतारसँगको सहयोगका लागि अरनिको मिडिया गु्रपका अध्यक्ष शंकर अधिकारीले समन्वय गर्नुभएको थियो ।

विपतमा परेका नेपालीहरुका लागि बिगतमा पनि सेवा समाज कतारले सहयोग गर्दै आएको छ । पत्रकार महासंघ काभ्रे शाखाको आपतकालिन कोषमा यो समेत अहिलेसम्म ८ लाख बढी सहयोग प्राप्त भइसकेको छ । साथै काभ्रपचान्चोक सेवा समाज कतारले केही समयभित्रै जिल्लामा एम्बुलेन्स सेवा सुरु गर्न लागिएको पनि सस्था कार्यबाहक अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

14760
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका