सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • धुलिखेलका किसानलाई भुस्सा काट्ने मेसिन अनुदानमा वितरण

धुलिखेलका किसानलाई भुस्सा काट्ने मेसिन अनुदानमा वितरण

11295
Shares
धुलिखेलका किसानलाई भुस्सा काट्ने मेसिन अनुदानमा वितरण

काभ्रेको धुलिखेल नगरपालिकाले किसानलाई अनुदानमा भुस्सा काट्ने मेसिन वितरण गरेको छ । आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख अशोक कुमार ब्याञ्जु र उपप्रमुख बिमला शर्माले किसानलाई पराल र घाँस काट्ने मेसिन वितरण गर्नुभएको हो ।

नगरपालिका वडा नम्बर १, २ र ३ का किसानलाई ५० प्रतिशत अनुदानमा भुस्सा काट्ने मेसिन वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । ‘कृषि पेसालाई समयानुकुल परिवर्तन गर्दै कम लगातमा धेरै फाईदा लिन सकियो भने मात्रै कृषि पेशा प्रतिको आकर्षण बढ्दै जानेछ, नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्ने योजना अन्तर्गत कृषि औजार वितरण गरिएको हो, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

नगरपालिकाको कृषि शाखा प्रमुख मन्दील श्रेष्ठका अनुसार तीन वटा वडाका २८ जना किसानलाई भुस्सा काट्ने मेसिन वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा भुस्सा काट्ने मेसिन पाउँदा किसानहरू खुशी देखिन्थे । पशुपालन ब्यवसाय गर्न थप सहयोग पुग्ने किसानहरूको भनाइ छ ।

11295
Shares

ट्रेन्डिङ