सबैको समाचार
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

4490
Shares
संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

काठमाडौं,असोज १ ;बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च (र्याली) आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो । सो अवसरमा ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ ।

‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन ।’जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न पनि नागरिक आन्दोलनले आह्वान गरेको छ ।

-राटोपाटी

4490
Shares

ट्रेन्डिङ