सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • मध्य भोटेकोशीको आईपीओ खुल्दै

मध्य भोटेकोशीको आईपीओ खुल्दै

5660
Shares
मध्य भोटेकोशीको आईपीओ खुल्दै

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

 

कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ। जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्। दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरिदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

5660
Shares

ट्रेन्डिङ