सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • छोरासहित महिला ९ दिनदेखि बेपत्ता

छोरासहित महिला ९ दिनदेखि बेपत्ता

6140
Shares
छोरासहित महिला ९ दिनदेखि बेपत्ता

काठमाडौं : ९ वर्षीय छोरासहित रुपन्देहीमा ३१ वर्षीया महिला बेपत्ता भएकी छन्। गुल्मीको मुसिकोट नगरपालिका–५ की संगीता गैरे असोज २२ गतेदेखि बुटवलबाट बेपत्ता भएको आफन्तले जनाएका छन्।

बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कविहीन भएको उनका पति खडानन्द गैरेले बताए। गैरेले बेपत्ता श्रीमती र छोरा घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि मानवअधिकारकर्मी, पत्रकार तथा प्र ह रीलाई अनुरोध गरेका छन्।

सा​नीआमाको घरबाट केही नभनी निस्केर हिँडेकी उनी नौ दिनसम्म पनि घरमा नभएको र आफन्त सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको खडानन्दले बताए।

उनी सम्पर्कविहीन भएदेखि मोबाइल पनि स्विच अफ रहेको खडानन्दले बताए। खडानन्द वैदेशिक रोजगारीका सिलसिलामा भियतनामबाट एक महिनाअगाडि फर्किएका थिए। छोरा दीक्षान्त एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत रहेको उनले बताए।

6140
Shares

ट्रेन्डिङ