सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • तारा एयरको सम्पर्कविहीन विमान खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

तारा एयरको सम्पर्कविहीन विमान खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

4900
Shares
तारा एयरको सम्पर्कविहीन विमान खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहिन बनेको थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए । जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए। काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए ।

 

4900
Shares

ट्रेन्डिङ