सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे महाभारतका एक सय बढि नेता कार्यकर्ता काँग्रेसमा प्रवेश  

काभ्रे महाभारतका एक सय बढि नेता कार्यकर्ता काँग्रेसमा प्रवेश  

6170
Shares
काभ्रे महाभारतका एक सय बढि नेता कार्यकर्ता काँग्रेसमा प्रवेश  

काभ्रेको महाभारत गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १०० भन्दा बढि नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज नेपाली काँग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा नै सो संख्यामा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । दशैँ,दिपावली र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति मधु आचार्य, शिव प्रसाद हुमागाईँ, तीर्थ लामा, गणेश लामा, दिनेश लामा, माहाभारत गाउँपालिकाका सभापति सागर मोक्तान, तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अब आउने चुनावमा नेपाली काँग्रेसलाई कुनैपनि पार्टीले हराउन नसक्ने बताएका छन् । उनले अब आउने चुनाबमा सबै जनता मिलेर नेपाली काँग्रेसलाई जिताउन आव्हान समेत गरेका छन् ।

6170
Shares

ट्रेन्डिङ