सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले दिए महाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी

काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले दिए महाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी

13450
Shares
काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले दिए महाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले खुल्ला तर्फबाट महाधिवेशनको प्रतिनिधीमा उम्मेरदवारी दिएका छन् ।

भोली हुने अधिवशेनमा निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला सदस्य तर्फ गणेश लामाले उम्मेदवारी घोषणा गरेका हुन्  । यूवाहरुका ढुकढुकी बनेका नेता लामा सामाजिक कार्यमा पनि निकै सक्रिय रहदै आएका छन् ।

उनले कोरोना भाईरस (कोभिड १९) महामारीको समयमा पनि जिल्लामा निकै सक्रियता देखाएका थिए । अक्सिजन लगायतका स्वस्थ्य सामाग्री अभाव भएको समय नेता लामा आफै अक्सिजन सिलिण्डर लिएर गाउँका स्वास्थ्य केन्द्र तथा आइसोलेशन सेन्टर पुगेका थिए ।

उनको यस्ता कार्यको यूवाहरुले सराह्रना गरेका छन् । नेता लामाले काँग्रेसलाई एक ढिक्का बनाउन र जिल्लाका रहेक संगठन र तहमा यूवा नेतृत्वलाई स्थान दिन आफूले उम्मेरदवारी दिएको बताएका छन् ।

 

उनले यी सबै उदेश्य पूरा गर्न आफूलाई भोट दिन पनि आग्रह गरेका छन् ।

13450
Shares

ट्रेन्डिङ