सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तीर्थ लामा अत्याधिक मत सहित विजयी

काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तीर्थ लामा अत्याधिक मत सहित विजयी

11935
Shares
काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तीर्थ लामा अत्याधिक मत सहित विजयी

तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । लामाले १६४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामा ९राजु० को ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ ।

सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रबिन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ ।

11935
Shares

ट्रेन्डिङ