सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • यी हुन् देउवाले मनोनीत गरेका कांग्रेस केन्द्रीय सदस्य

यी हुन् देउवाले मनोनीत गरेका कांग्रेस केन्द्रीय सदस्य

4360
Shares
यी हुन् देउवाले मनोनीत गरेका कांग्रेस केन्द्रीय सदस्य

 

काठमाडौं, १७ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनमा पराजित सभापति, उपसभापति, महामन्त्री लगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

देउवाले रामचन्द्र पौडेल, सभापतिमा पराजित प्रकाशमान सिंहलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

यसैगरी उनले विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ।

 

4360
Shares

ट्रेन्डिङ