सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेमा आजदेखि ई–पासपोर्ट वितरण सेवा सुरु

काभ्रेमा आजदेखि ई–पासपोर्ट वितरण सेवा सुरु

8480
Shares
काभ्रेमा आजदेखि ई–पासपोर्ट वितरण सेवा सुरु

 

काभ्रेमा आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट )वितरण सेवा सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट आजदेखी ई पासपोर्ट वितरण सेवा सुरु गरेको हो ।

यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो। तर माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र ई–पासपोर्ट वितरण गरिने छ ।

राज्यले लिएको नीति अनुसार छिटो छरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताइन्।

ई–पासपोर्टको लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुनेछ । त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।

 

 

8480
Shares

ट्रेन्डिङ