सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

7525
Shares
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

 

सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ ।

 

मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानकर्ता टीका शेर्पाले जानकारी दिनुभयो ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकाेमा कोरोना महामारीका कारण यसपाली औपचारिक कार्यक्रम राखिएको छैन । विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो ।

सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसैबीच, राष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक दलका शीर्ष नेताहरुले सोनाम ल्होसारका अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ ।

 

उहाँले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

 

7525
Shares

ट्रेन्डिङ