सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

6095
Shares
एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

 

 

काठमाडौं, ८ फागुन: कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ।

 

पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ।

 

कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेका बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ९०१ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

 

यसमध्ये पनि महिलाको संख्या ३ हजार ७५३ रहेको वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालय ताहाचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए ।

 

उनका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा २६ हजार ३७ जनाले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या माघ महिनामा करिब ५३ हजार पुगेको छ। यसैगरी अघिल्लो वर्षको माघमा भने १७ हजार ८८७ जनाले मात्र श्रमस्वीकृति लिएका थिए। यो खबर आजको कारोबार दैनिकमा छ ।

 

6095
Shares

ट्रेन्डिङ