सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ

5470
Shares
गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ । हिजो २ बजे मात्र अपलोड गरेको २४ घन्टामा ५४ हजार ५ सय भन्दा माथि दर्शकहरुले हेरेपछि लाइदेउन मायाले बोलको पछिल्लो गीतले पनि प्रमोदलाई चर्चाको शिखरमा थाँती राख्ने विश्वास गरिएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जितिसकेको देखिन्छ । अपहरण शैलीमा प्रियंका कार्कीलाई देखाइएको यो म्यूजिक भिडियोमा प्रमोद र प्रियंका मुख्य पात्रका रुपमा प्रस्तुत भएको छ ।

यूट्यूब लगायत सामाजिक सञ्जालमा भाइरले बन्दै गरेको यो भिडियोका दर्शकहरुले अन्य

 गीतहरुजस्तै रुचाउने विश्वास लिइएको गायक खरेलले बताए । प्रमोदका ओइ झुमा, चल बतास चलचल, डुबायो पापी मायाले जस्ता दर्जनौं गीतहरु चर्चाको शिखरमा छन् ।

 

5470
Shares

ट्रेन्डिङ