सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • भालेस्वर माध्यमिक विधालयको ६७औ बार्षिक उत्सब सम्पन्न

भालेस्वर माध्यमिक विधालयको ६७औ बार्षिक उत्सब सम्पन्न

सघीयशिक्षा ऐन ल्याउनु पर्छ : मन्त्रि चौधरी

435
Shares
भालेस्वर माध्यमिक विधालयको ६७औ बार्षिक उत्सब सम्पन्न

काभ्रे :- भालेस्वर माध्यमिक विधालयको बार्षिक उत्सब समारोहलाई सम्बोधन गर्दै महिलाबालबालिका तथा जेष्ठ नागरीक मन्त्रि भगवती चौधरीले सघीय शिक्षा ऐन ल्याउनु पर्ने धारणा ब्यक्त गरेकी छन्।

उनि अगाडी सम्बोधन गर्ने पुर्व सबिधान सभा सदस्य रामहरी सुबेदीले मन्त्रिलाई सघीय शिक्षा ऐन ल्याउनु परो भन्दै संबोधन गरेकोमा जवाफ फर्काउदै मन्त्रि चौधरीले शिक्षा ऐन सघीय संसदमा टेबुल भैसकेको त् धेरै पटक संसदमा छलफल सम्म भएको बताउदै आफैले सो ऐनमा संसोधन प्रस्ताब सम्म गरेको बताईन।

संगै अहिले मन्त्रीको हैसियतमा आफु रहदा पनि आफुले शिक्षा मन्त्रि सुमना श्रेष्ठ संग कुरा गर्ने बताएकी थीइन। संगै शिक्षा मन्त्रि सुमना श्रेष्ठले गरेको निर्णय शिक्षकले कुनै पनि राजनैतिक दलको सदस्यता र सगठनमा रहन नपाउने व्यवस्था अबनीति तथा कार्यक्रममै आईसकेको स्मरण समेत गराएकी थीइन।

जिल्लाको पनौती नगरपालिका वडा न ८ मा रहेको भालेस्वर माध्यमिक विधालयको प्राङ्गगणमा आयोजना गरीएको ६७औ बार्षिक उत्सब समारोहमा उत्कृस्ट बिधार्थी , पुर्व शिक्षक र हाल कार्यरत नै शिक्षक मध्येका तिन शिक्षकलाई भालेस्वर अवार्डले सम्मान समेत गरिएको थियो। विधालयमा सुविधा सम्पन्न भवन शौचालय तथा खेल मैदानको समेत सुविधा रहेको छ।

उत्सब समारोहलाई सम्बोधन गर्दै नगर प्रुमुख राम शरण भण्डारीले भालेस्वर माविलाई देशकै नमुना सामुदायिक विधालय बनाउनु धारणा ब्यक्त गरे। संगै भण्डारीले बालमैत्री नगर बाट बालश्रम मुक्त नगरमा पुग्दै गरेको नगरले बालबालिका र शिक्क्षा क्षेत्रको समग्रह विकासमा नगर सदैब प्रतिबद रहेको बाचा गरेका थिए।

नगरका जनप्रतिनिधि , पुर्व सबिधान सभा सदस्य रेशम लामा , रामहरी सुवेदी स्थानिय अभिभाबकको उपस्थितिमा बार्षिक उत्सब समारोह सम्पन्न गरीएको छ।

435
Shares

ट्रेन्डिङ