सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने

अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने

3520
Shares
अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने

२९ अगष्ट, क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा बिभिन्न राज्यमा कार्यरत महावाणिज्यदूत र वाणिज्यदूतहरुसँग परामर्श बैठक गरेकी छन् ।अष्ट्रेलियाका बिभिन्न राज्यहरुको औपचारिक अध्ययन भ्रमण सकेपछि राजदूत शेर्पाले मंगलबार दिउँसो राजधानी क्यानबेरामा परामर्श बैठकको आयोजना गरेकी हुन् ।बैठकले नेपाल अष्ट्रेलियाबीच व्यापार वाणिज्य तथा लगानीका अवसरहरु बिस्तारका लागि प्रत्येक महावाणिज्यदूतावास र वाणिज्यदूतावासहरुमा नेपाल-अष्ट्रेलिया ट्रेड एण्ड कमर्स टिम स्थापना गर्ने निर्णय गरेको छ ।बढ्दो नेपाली विद्यार्थीहरुको संख्यालाई दृष्टिगत गरी गैह्र आवासीय नेपाली संघ -एनआरएन) तथा नेपाली शैक्षिक परामर्शदाताहरुसँग परामर्श गरी विद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार प्रत्येक वर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आर्थिक सम्मेलन गरी नेपालको उत्पादन तथा उद्योग व्यवसाय प्रवर्द्धन गर्ने निर्णय बैठकले गरेको छ ।
साथै नेपाल तथा अष्ट्रेलियाका शहरहरुको आर्थिक, भौगोलिक, जनसांखिक, सांस्कृतिक समानताको पहिचान गरी सो आधारमा शहरहरुबीच भगिनी सम्बन्ध कायम गर्ने निर्णय पनि भएको दूतावासले जनाएको छ ।
खेल कुटनीतिको माध्यमबाट नेपाल अष्ट्रेलियाको सम्बन्धलाई जनस्तरसम्म अझ मजबुत बनाउँदै लैजाने, दुई देशबीच साँस्कृतिक कार्यक्रमहरु आदान प्रदान गर्ने र उच्चस्तरीय राजनीतिक, शैक्षिक व्यापारिक भ्रमणहरु आदान प्रदान गर्नेतर्फ प्रयास गर्ने निर्णय बैठकले गरेको छ ।अष्ट्रेलियामा नेपाली दूतावास स्थापना भएपछि यसरी व्यवस्थित कामहरु हुन थालेको र महत्वपूर्ण निर्णयहरु भएको यो पहिलो पटक हो ।
परमर्श बैठकमा न्यूसाउथवेल्सका महावाणिज्यदूत कुमार खड्का, भिक्टोरीयाका महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका वाणिज्यदूत दिपक धमला, वेस्टर्न अष्ट्रेलियाका वाणिज्यदूत फ्रेडरिक निल ब्राउन, क्वीनसल्याण्डका वाणिज्यदूत जोशेफ एन्थोनी टुमा लगायतको सहभागीता थियो ।अनलाइनखबर बाट

3520
Shares

ट्रेन्डिङ