सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मोटरसाइकलले ठक्कर दिँदा  पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा  पैदलयात्रीको मृत्यु

1360
Shares
मोटरसाइकलले ठक्कर दिँदा  पैदलयात्रीको मृत्यु

शिवसताक्षी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति पूर्वबाट जाँदै गरेको प्र१–०१–०१६प ४३९० नंको मोटरसाइकलले  ठक्कर दिँदा  पैदलयात्रीको मृत्यु भएको छ ।

पैदलयात्रीको  नाम ठेगाना खुल्न सकेको छैन । घाइते भएका ती पैदलयात्रीको उपचारका क्रममा विर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको  हो ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङ घाइते भएका छन् । हातमा चोट लागेका चालक तामाङलाई उपचारपश्चात् आज झिलझिले इलाका प्रहरी कार्यालयमा राखेर कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

1360
Shares

ट्रेन्डिङ