सबैको समाचार
बिहिबार, चैत्र १३, २०८१
  • होमपेज
  • गायक राजु लामा र गायिका त्रिसला गुरुङकोनयाँ गित सार्वजनिक

गायक राजु लामा र गायिका त्रिसला गुरुङकोनयाँ गित सार्वजनिक

380
Shares
गायक राजु लामा र गायिका त्रिसला गुरुङकोनयाँ गित सार्वजनिक

काठमाण्डाै । गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वरमा सजिएको नयाँ गित- तिम्रा पाइलाहरुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन। लेखु सहयात्रीको शब्द अनि संगीतमा तयार भएको सार्वजनिक गित सहयात्रीले चलचित्रका लागि तयार परेका थिए। चलचित्रका लागि बनाइदिनु पर्यो भन्नेले वास्ता नगरेपछि निर्देशक सोनाम पाख्रिनले यो गित सुने र तुरुन्तै भिडियो बनाउँन तयार भएका थिए।

सोनामले भिडियोमा धुर्व जिसी र नीति शाहलाई फिचर्ड गरेका छन्। धुर्वको यो दोस्रो म्युजिक भिडियो हो भने नीतिले यो भिडियोलाई आफ्नो पहिलो म्युजिक भिडियो भन्न रुचाईन।

यस अघि सानो तिनो रोलमा म्युजिक भिडियोमा देखिएकी नीति फुलफेजमा भने पहिलो पटक तिम्रा पाइलाहरुमा देखिएकि हुन्। भिडियोमा धुर्व र नीतिको केमेस्ट्री सुहाएको छ। उत्सव दाहाले छाँयाकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

मेलोडी नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको भिडियोका सम्पादक बिकाश दाहाल हुन्।

380
Shares

ट्रेन्डिङ