सबैको समाचार
बिहिबार, भदौ ४, २०८३
  • होमपेज
  • काभ्रेको बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन

काभ्रेको बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन

12725
Shares
काभ्रेको बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन

काभ्रेको दक्षिणी भेगमा रहेको बेथानचोक गाउँपालिकाले बसको भाडा समायोजन गरेको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेका बसले अनाधिकृत रुपमा बढी भाडा असुलेको गुनासो सर्वसाधारणले गरेपछि गाउँपालिकाले एक्सन लिएको हो ।

 

बुधबार गाउँपालिकाको समन्वयमा भएको यातायात ब्यवसायी, सर्वसाधारण र सरोकारवाला सहभागी सर्वपक्षीय छलफलले ३ बुँदे निर्णय गरेको छ ।

छलफलले पनौती देखि ढुंखर्कसम्म साबिकको भाडामा २३ प्रतिशत बढाएर ७५ रूपैयाँ समायोजन गरिएको लेखा अधिकृत विदुर गिरीले जानकारी दिनुभयो । पहिले ६० रूपैयाँ भाडा थियो ।

छलफलले अपांग, विद्यार्थी, जेष्ठ नागरिक लगायत राज्यले यातायातका साधनमा छुटको ब्यवस्था गरेका ब्यक्तिले पनौतीदेखि ढुंखर्कसम्म ५० रूपैयाँमा यात्रा गर्न निर्णय गरेको छ । पालिकाभित्रको बस चल्ने सबै क्षेत्रमा २३ प्रतिशत भाडा बृद्धि कायम हुनेछ ।

दोस्रो नम्बरमा यातायात ब्यवसायीले पनौतीदेखि ढुंखर्कसम्म चल्ने बस आवश्यकताको आधारमा च्याल्टीसम्म लैजानु पर्ने, समय तालिका ब्यवस्थापन गर्नु पर्ने र बजार क्षेत्रमा प्रेसर हर्न बजाउन नपाउने निर्णय गरिएको छ ।

तेस्रो नम्बरमा बस पार्कको ब्यवस्थापन गाउँपालिकाले गर्ने निर्णय भएको छलफलपछि लेखा अधिकृत गिरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

12725
Shares

ट्रेन्डिङ