सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • धुलिखेल नगरको मेयरमा स्वतन्त्रबाट बडालले उमेरदवारी दिने

धुलिखेल नगरको मेयरमा स्वतन्त्रबाट बडालले उमेरदवारी दिने

21255
Shares
धुलिखेल नगरको मेयरमा स्वतन्त्रबाट बडालले उमेरदवारी दिने

 

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उमेरदवारी पर्ने भएको छ ।

धुलिखेल नगरपालिका वडा नं ८ का कृष्ण मुरारी बडालले आगामी स्थानीय तह चुनावमा स्वतन्त्रबाट धुलिखेल नगरको मेयरमा उमेरदवारी दिन लागेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी एमालेमा क्रियाशिल रहेका उनी भेटेनरी जागीरे थिए । उमेरदवारी दिनकै लागि उनले १५ दिन अगाडी जागीर छाडेका हुन् ।

विं. सं.२०६० सालदेखी एमालेमा रहेका बडाल पार्टीले आश्वासन मात्रै बाँढ्न थालेपछि एकपटक स्वतन्त्रबाट धुलिखेल नगरको मेयरमा उमेरदवारी दिन लागेको सबैको समाचारलाई जानकारी दिए ।

पार्टीगत राजनीतिभन्दा बाहिर गएर आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई सार्थकता दिन आफूले उमेरदवारी दिनु परेको बडालको भनाई छ ।

एमाले पार्टीमा आवद्ध भएपनि पार्टी आश्वासन बाड्ने जनभावना अनुसार काम गर्न नसकेको उनको गुनासो छ । उनले नगरबासीलाई साथ र सहयोग गर्न आग्रह समेत गरेका छन् ।

 

21255
Shares

ट्रेन्डिङ