सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • काभ्रेमा इजाजतप्राप्त हातहतियार राख्ने दुई जना मात्रै

काभ्रेमा इजाजतप्राप्त हातहतियार राख्ने दुई जना मात्रै

41455
Shares
काभ्रेमा इजाजतप्राप्त हातहतियार राख्ने दुई जना मात्रै

काभ्रेमा इजाजतप्राप्त हातहतियार राख्ने दुई जना मात्रै रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जनामध्ये एक जनाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा उक्त हतियार बुझाएका छन् । अर्का एक जनाले भने काठमाण्डौमा बस्ने भएकाले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाउने बताएको काभ्रे प्रहरीले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले इजाजत प्राप्त हातहतियार प्रशासनलाई बुझाउन आग्रह गरेको थियो ।

इजाजत प्राप्त हातहतियार स्थानीय तहको निर्वाचनपछि फिर्ता गरिने छ। निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो।

 

41455
Shares

ट्रेन्डिङ