सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पाटन दरबार स्क्वार पुर्नः निर्माणमा पुरानै सामानको प्रयोग गरिने

पाटन दरबार स्क्वार पुर्नः निर्माणमा पुरानै सामानको प्रयोग गरिने

5625
Shares
पाटन दरबार स्क्वार पुर्नः निर्माणमा पुरानै सामानको प्रयोग गरिने

भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुदै गएको अवस्थामा पाटन दरबार स्क्वार क्षेत्रको ६० प्रतिशत काठका कलात्मक भागलाई पुनःप्रयोग गरी पुर्नःनिर्माण गरिने भएको छ ।
नेपाला आएको महा भूकम्पका कारण क्षतविक्षेत भएका स्मारकका महत्वपूर्ण भागलाई पुरानै अवस्थामा पुर्नःनिर्माण गर्नको लागि पुरानै काठमो प्रयोग गर्न लागिएको हो ।
सम्पदाको पुनःनिर्माण गर्दा पुरानो स्वरुप बिग्रन नदिन प्रयोग हुनेसम्म र गर्न मिल्नेसम्मका पुरानै र प्रयोग गर्ने गरी नयाँ सामग्रीको प्रयोग हुने बताइएको छ ।
इँटा, काठ, झिङ्गटीलगायतको सामग्रीहरुलाई पुनःप्रयोग गर्न सकिने पाटन स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयले जानकारी दिएको छ ।
झ्याल, ढोका, छानालगायतमा प्रयोग भएका काठलगायतका सामग्रीहरु पुरानै प्रयोग गर्न सकिने अवस्थामा रहेको स्मारक भत्कँदा कतिपय भाग फुटेर बिग्रिएका छन ती चिजलाई सङ्ग्रहालयमा संरक्षण गरेर राखिने कार्यालयका प्रमुख काजी प्याकुरेलले प्याकुरेलले बताए ।
ललितपुर संरक्षित स्मारक क्षेत्रअन्तर्गतका सम्पदाको पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । आगामी पाँच वर्षमा काम पूरा गर्ने गरेर काम अघि बढेको हो ।
विश्व सम्पदा सूचीमा समेत सूचीकृत यस क्षेत्रका कतिपय स्मारक पूर्ण क्षति र कतिपय आंशिक क्षति भएका थिए ।

5625
Shares

ट्रेन्डिङ