सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • काभ्रे रोशीकी सर्मिलाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने

काभ्रे रोशीकी सर्मिलाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने

7575
Shares
काभ्रे रोशीकी सर्मिलाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने

काभ्रेकी सर्मिला लामाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने भएकी छन् ।

काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिएका छन् । उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिएका छन् ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न थालेकी लामाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । यसमध्ये चार वटा हिमालको सफल आरोहण गरिसकेको उनले जानकारी दिइन् । लामाले यसअघि सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरिसकेकी छन् ।

7575
Shares

ट्रेन्डिङ