सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • चुनावका कारण भारतसँगको सीमानाका बन्द

चुनावका कारण भारतसँगको सीमानाका बन्द

5915
Shares
चुनावका कारण भारतसँगको सीमानाका बन्द

नेपालमा हुन थालेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल र भारतको सीमानाका ७२ घण्टा बन्द हुने भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले २७ गते मंगलबार राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिए।

सीमानाका बन्द हुँदा व्यक्ति, सवारीसाधन आवतजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारीले बताए। नेपाल र भारतमा चुनाव हुँदा केही घण्टा सीमानाका बन्द गर्ने गरिएको छ।

5915
Shares

ट्रेन्डिङ