सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको धुलिखेलमा मतदान सकियो, मतपेटिका शैक्षिक तालिम केन्द्रमा आउन सुरु

काभ्रेको धुलिखेलमा मतदान सकियो, मतपेटिका शैक्षिक तालिम केन्द्रमा आउन सुरु

7395
Shares
काभ्रेको धुलिखेलमा मतदान सकियो, मतपेटिका शैक्षिक तालिम केन्द्रमा आउन सुरु

काभ्रेको धुलिखेल नगरपालिकामा मतदान सकिएसंगै मतपेटिका मत गणना केन्द्रमा आउन थालेको छ ।

१२ वटा वडा रहेको धुलिखेल नगरपालिकाको सबै मतदान केन्द्रमा आज उत्साहजनकरुपमा मतदान सकिएको छ । मतदान सकिए लगत्तै मतपेटिका धुलिखेल शैक्षिक तालिम केन्द्रमा ल्याउन थालिएको छ ।

विषेश सुरक्षाका साथ मतपेटिका आईरहेको धुलिखेलका निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । यो समाचार तयार पर्दा सम्म वडा नं १, २ र ११ वाहेक सबै वडाको मतपेटिका आइपुगेको उनले जानकारी दिए ।

२५ हजार ४ सय ७० मतदाता रहको धुलिखेलमा १९ हजार ८ सय ३८ मत खसेको छ ।

7395
Shares

ट्रेन्डिङ